नेपाल आइडलको अन्तिम १२ मा पुगिन पोखरेली सलोमी गुरुङ
पाेखरा | बैशाख १६, २०८१
पोखरा: गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्तुति रहेको थियो ।
उत्कृष्ट १२ मा पोखराकी सलोमी गुरुङसहित करण परियार, मावन परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा, सुनिल विश्वकर्मा, छिरिङ पाख्रिन, इशा सुवेदी, प्रेणा विश्वकर्मा, सचिन विश्वकर्मा, सन्तोष पुनले प्रस्तुति दिए ।
यीमध्ये ६ प्रतिस्पर्धीहरु प्रस्तुतिका आधारमा जजले दिएको नम्बर अनुसार सिधै उत्कृष्ट १० मा करण परियार, मानव परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा र सुनिल विश्वकर्मा छनोट भएका छन् ।
बाँकी ६ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन् । भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन र आउँदो शुक्रबार उत्कृष्ट १० को छनोट पुरा हुनेछ । भोटिङमा सलोमी गुरुङ, सन्तोष पुन, सचिन विश्वकर्मा, प्रेणा विश्वकर्मा, इशा सुवेदी र छिरिङ पाख्रिन छन् ।
नेपाल आइडलको अन्तिम १२ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।
सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा ४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा बिहीबार चैत्र कृष्ण औँसीको तिथीमा पितृतर्पण गर्नेको भिड लागेको छ । काग खोला र कालीगण्डकीको तटमा अवस्थित क...
निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई प्रमाणपत्र वितरण गरेको छ । आयोगले बिहीवार एक कार्यक्रमकाबिच समानुपातिकतर्फका एक सय १० जना सांसदहरुलाई प्रमाणप...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि अभिमुखीकरण सुरु गरेको छ। दुईदिने सो अभिमुखीकरणमा सांसदलाई संसदीय अभ्यास, नीति निर्माण, संसद्को कार्यप्रणाली तथा जनप्रत...

