नेपाल आइडलको अन्तिम १२ मा पुगिन पोखरेली सलोमी गुरुङ
पाेखरा | बैशाख १६, २०८१
पोखरा: गायन रियालिटी ‘शो’नेपाल आइडलको पाँचौं संस्करणमा पोखराकी सलोमी गुरुङसहित उत्कृष्ट १२ प्रतिस्पर्धीले प्रस्तुति दिएका छन् । शोको शनिबार प्रशारण इपिसोडमा उत्कृष्ट १२ प्रतिस्पर्धीको प्रस्तुति रहेको थियो ।
उत्कृष्ट १२ मा पोखराकी सलोमी गुरुङसहित करण परियार, मावन परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा, सुनिल विश्वकर्मा, छिरिङ पाख्रिन, इशा सुवेदी, प्रेणा विश्वकर्मा, सचिन विश्वकर्मा, सन्तोष पुनले प्रस्तुति दिए ।
यीमध्ये ६ प्रतिस्पर्धीहरु प्रस्तुतिका आधारमा जजले दिएको नम्बर अनुसार सिधै उत्कृष्ट १० मा करण परियार, मानव परियार, मोहित भुजेल, प्रकाश बुढा, प्रशान्त थापा र सुनिल विश्वकर्मा छनोट भएका छन् ।
बाँकी ६ जनाले भोटिङका लागि प्रतिस्पर्धा गरिरहेका छन् । भोटिङमा गएकामध्ये २ जना आउट हुनेछन र आउँदो शुक्रबार उत्कृष्ट १० को छनोट पुरा हुनेछ । भोटिङमा सलोमी गुरुङ, सन्तोष पुन, सचिन विश्वकर्मा, प्रेणा विश्वकर्मा, इशा सुवेदी र छिरिङ पाख्रिन छन् ।
नेपाल आइडलको अन्तिम १२ मा पुगेकी सलोमी गुरुङलाई भोटिङ गर्न प्रभु पे, इ–सेवा र मोमो एप डाउनलोड गरेर र ३७००० मा १२ टाइप गरी एसएमएस पठाएर भोटिङ गर्न सकिन्छ ।
सुरेश पौडेल निर्देशक रहेको शोमा न्यहू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी जज छन् । एपिवान टेलिभिजनमा हरेक शुक्रबार र शनिबार ८ः३० बजेदेखि प्रसारण हुने शोलाई रिमा विश्वकर्मा र आशिफ शाहले होस्ट गर्दै आएका छन् ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

